रुकुम पश्चिम -२०, असोज ।
Advertisement
नेपालले दोस्रो अभ्यास खेलमा कतारमाथि जित दर्ता गरेको छ । नेपालले आज भएको अभ्यास खेलमा १६ रनले कतारलाई पराजित गरेको हो ।
नेपालको जितका लागि कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाउँदै अर्धशतक पूरा गरे । बलिङतर्फ करण केसीले ३६ रन खर्चेर तीन विकेट लिए ।
नेपालले कतारलाई जितका लागि १ सय ७१ रनको लक्ष्य दिएको थियो । कतारले पुरै २० ओभर खेल्दै १ सय ५४ रन मात्रै बनाउन सक्यो ।
कतारका मोहम्मद तानभिरले ५१ रनको अर्धशतकीय पारी खेले । यसअघि पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो ।