रुकुम पश्चिम -१२, असोज ।
Advertisement
राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका -३, चोरखोलामा फोर्स गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङका लागि छुटेको फोर्स गाडी आज बिहान दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बाँफीकोट गाउँपालिका -५, का २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै ६८ वर्षीया पबी केसी र २७ वर्षीय शशीधर केसी छन् ।
दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । लु २ प ६५०२ नम्बरको फोर्स गाडी सडकबाट करिब २०० मिटर तल खसेको सल्यान प्रहरीले बताएको छ ।