रुकुम पश्चिम -१२, असोज ।
Advertisement
नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । शारजाह क्रिकेट रंगशालामा शनिबार राति भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको हो ।
यो जितसँगै नेपालले टि -२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक टेष्ट राष्ट्रलाई हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ । यो जितसँगै नेपालले सिरिजमा १-० को अग्रता कायम गरेको छ ।
नेपालले वेस्ट इन्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको थियो । तर वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै १ सय २९ रन मात्र बनाउन सक्यो ।
तीन खेलको सिरिजमा दोस्रो खेल सोमबार र तेस्रो मंगलबार शारजाहमा हुँदैछ । नेपालको घरेलु मैदान टीयु निर्माणाधीन हुँदा अर्को सातादेखि ओमानमा हुने टी२० विश्वकप छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग तीन खेलको सिरिज खेलेको हो ।