रमेश केसी
आठविसकोट -३, असोज ।
Advertisement
आठविसकोट नगरपालिकामा पर्ने चिसापानी-राडी सडक खण्डको कालोपत्र उप्किन थालेको छ । केही महिना अघि मात्रै कालोपत्र गरिएको सडक खण्डको विभिन्न स्थानमा कालोपत्र उप्किन थालेको हो ।
कालोपत्र उप्किन सुरु भए सङ्गै हाल यस क्षेत्रमा चल्ने सवारी आवागमनमा समस्या हुने गरेको सवारी चालक बताउँछन् । यसले गर्दा सवारीसाधन आवतजावतमा खतरा बढेको छ ।
यहाँको कच्ची सडकमा वर्षौं पछि कालोपत्र गरिएको हो । तर कालोपत्र गरिएको सडक केही महिनामै उप्किएकोमा स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।
साथै स्थानीयले सडक कालोपत्र निर्माणको गुणस्तरमा समेत ख्याल नगरेको भन्दै चासो व्यक्त गरेका छन् । त्यस्तै स्थानीय सरकारलाई उक्त सडक कालोपत्रमा ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका छन् ।
चिसापानी-राडी सडक खण्ड ८ किलोमिटर रहेको छ ।