रुकुम पश्चिम -२१, साउन ।
Advertisement
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सूची सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज अक्सनमा सहभागी हुने १ सय ५० जना खेलाडीको अन्तिम सूची घोषणा गरेको हो ।
शनिबार हुने एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडीले नाम दर्ता गराएका थिए । तर क्यानका प्राविधिक टोलीले बनाएको मापदण्डमा १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको छ । एनपिएलमा सहभागी ८ टोलीले इच्छाइएका खेलाडी छनोट गर्न पाउनेछन् ।
अक्सन सूचीको श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए ।