रुकुम पश्चिम -२०, साउन ।
रुकुम पश्चिममा ३० हजार बढी घरधुरीको विस्तृत क्षति आकलन (DDA) सङ्कलन गरिएको छ । २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका घरधुरीको डीडीए सङ्कलन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ६ वटै स्थानीय तहबाट ३० हजार ८ सय ५० घरधुरीको विस्तृत क्षति आकलन सङ्कलन पूरा भएको छ । जस अन्तर्गत आठविसकोट नगरपालिकाबाट ९ हजार ५ सय ११, चौरजहारी नगरपालिकाबाट ७ हजार २० र मुसिकोट नगरपालिकाबाट एकहजार ६ सय २५ घरधुरीको डीडीए गरिएको छ ।
त्यस्तै सानीभेरी गाउँपालिकाबाट ५ हजार ७ सय १४, त्रिवेणी गाउँपालिकाबाट ४ हजार ५ सय २५ र बाँफिकोट गाउँपालिकाबाट २ हजार ४ सय ५५ घरधुरीको डीडीए सङ्कलन भएको प्रशासनले बताएको छ ।
पहिलो चरणको डीडीएमा विविध कारणले छुट भएका लाभग्राहीलाई पुनः समावेश गर्ने गरी सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको बताइएको छ ।
रुकुम पश्चिममा ३२ हजार ९ सय ९६ भूकम्प प्रभावितले अस्थायी टहरा वापत सरकारले दिएको पहिलो चरणको अनुदान रकम बुझेका थिए ।