रुकुम पश्चिम -१३, साउन ।
Advertisement
नागको पूजा अर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदैछ । परम्परा अनुसार घरका मूलढोकामा नाग टाँसेर यो पर्व मनाइँदै छ । नाग पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाउने गरिन्छ ।
घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
“नाग पूजाको प्रचलन वैदिककाल देखि सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको छ ।
नागपञ्चमी पछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।