• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया

रुकुम पश्चिम -२४, असार ।

Advertisement

मुसिकोटमा आज सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मुसिकोट नगरपालिकाको आयोजना र सामी परियोजनाको सहयोगमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

एकदिने अभिमुखीकरणमा वैदेशिक रोजगार सम्बन्धी बनेका ऐन, कानून तथा कार्यविधि सङ्ग सम्बन्धित रहेर जिल्लाका सरोकारवाला निकायको उपस्थितिमा अन्तरक्रिया गरिएको रोजगार संयोजक मायाश्रीवास्तवको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा जाने नेपाली युवाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सामान्य कुराको ख्याल नगर्दा मानसिक तथा आर्थिक झमेला व्यहोर्नुपर्ने अवस्था छ । सोही समस्यालाई कम गर्न सुरक्षित वैदेशिक रोजगार सम्बन्धी कानुनी अभ्यास र जानकारी आवश्यक रहेकाले यो कार्यकम आयोजना गरिएको बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा सामी परियोजनाले सुरक्षित वैदेशिक रोजगारका क्षेत्रमा गर्दै आइरहेको सेवाका विषयमा जानकारी गराइएको थियो । यस परियोजनाले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीपयुक्त जनशक्तिको विकासमा काम गर्दै आइरहेको छ ।

यसैगरी अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले वैदेशिक रोजगारका समस्या र जिल्ला प्रशासन कार्यालयको भूमिकाका विषयमा प्रस्तुतिकरण राखेका थिए । जसअन्तर्गत वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ का कानूनी व्यवस्था र विधिका विषयमा छलफल गरिएको थियो ।

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देव बहादुर बिकको
प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिका उपप्रमुख बिमल कुमार पुन, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रहरी प्रमुख प्रमेश बिष्ट, राष्ट्रिय अनुसन्धान प्रमुख नेव बहादुर राना लगायत जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थिति रहेको जनाइएको छ ।

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.