रुकुम पश्चिम -१२, असार ।
Advertisement
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिच कुटनैतिक वार्ता भएको छ । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गरेका हुन् ।
युक्रेनी नेताले समाजिक संजाल एक्समामा लेख्दै राष्ट्रपति ट्रम्पलाई हालैको इरानविरूद्धको अमेरिकी आक्रमणलाई सङ्केत गर्दै ‘मध्य पूर्वमा सफल अपरेशन’ को लागि बधाई दिएका छन् ।
हेगमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको वार्ता सकारात्मक भएको जेलेन्स्कीको भनाइ छ ।
दुई नेताले अमेरिका र युक्रेनबीच ड्रोनको सह-उत्पादनको सम्भाव्यता बारे पनि छलफल गरेका छन् ।