• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

रुकुम पश्चिममा तेस्रो रुकुम कप भलिबल प्रतियोगिता हुँदै


रुकुम पश्चिम -४, जेठ ।

Advertisement

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ तेस्रो रुकुम कप भलिबल प्रतियोगिता  जेठ १८ गतेदेखि २५ गतेसम्म मुसिकोट नगरपालिका -१, बराहटाकुरामा आयोजना हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले खुल्ला पुरुष पालिका स्तरीय र खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

 

रुकुम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार प्रतियोगितामा पुरुषतर्फ विजेताले रु ५ लाख ११ हजार, उपविजेताले रु २ लाख ६१ हजार, तेस्रोले रु १ लाख ५१ हजार र सान्त्वना हुनेले पुरस्कार स्वरूप रु १ लाख ११ हजार प्राप्त गर्ने छ ।

 

त्यस्तै महिलातर्फ विजेतालाई रु १ लाख, उपविजेतालाई रु ७५ हजार, तेस्रो स्थानलाई रु ५० हजार र सान्त्वना हुनेलाई पुरस्कार स्वरूप रु २५ हजार प्रदान गरिनेछ ।

 

पुरुषतर्फ उत्कृष्ट खेलाडीले रु १० हजार पाउने छन् भने उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर, इमर्जिङ प्लेयर र  प्रत्येक विधाका विजेताले रु ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फ उत्कृष्ट खेलाडीलाई रु ५ हजार र अन्य विधागत पुरस्कार विजेतालाई रु ३/३ हजार प्रदान गरिनेछ ।

 

प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमानुसार खेलाईने छ । पुरुषतर्फ खेल पालिका स्तरीय हुने र महिलातर्फ खुल्ला रहनेछ । प्रत्येक पालिकाले बढीमा तीन जना राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउनेछ । बसोबासको व्यवस्था सम्बन्धित टोलीले गर्नुपर्नेछ ।

 

एक टोलीमा अधिकतम १५ जना (खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक) समावेश हुन सक्नेछ । प्रत्येक पालिकाबाट एउटामात्र टोली सहभागी हुन सक्नेछ र अनिवार्य तीन जना खेलाडी पालिका बाहिरका हुनुपर्नेछ । खेल हेर्न सुरुदेखि सेमिफाइनलसम्म एकसय रुपैयाँ र अन्तिम दिन ३ सय रुपैयाँ  टिकट शुल्क लाग्नेछ ।

 

प्रतियोगिताको अनुमानित खर्च करिब रु ३० लाख ५ हजार हुने जनाइएको छ । पुरस्कार राशि रु १३ लाख ५५ हजार, व्यवस्थापन (प्याराफिट, खेलमैदान आदि) रु ५ लाख, प्रचार-प्रसार रु १ लाख ५० हजार, अफिसियल खर्च रु २ लाख र खेल सामग्री रु ९ लाख खर्च हुनेछ ।

 

यसैगरी भलिबल खेल नभएको खाली समयमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूबाट मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ । रुकुम भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिताका सम्बन्धमा आज मुसिकोटमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.