• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, माघ २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

नेपालसँग क्यानडा ६ विकेटले पराजित

रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

निर्वाचन जितेपछि मात्रै खादा र माला लगाउने शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २. नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३. रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४. स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५. मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६. आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ७. आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

नेकपा (एस) रुकुम पश्चिमले ६ वटै पालिकामा बुझायो मागपत्र


रुकुम पश्चिम -२२, वैशाख ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले आज जिल्लाका ६ वटै पालिकामा मागपत्र बुझाएको छ । चैत १ गते देखि सुरु गरिएको पहिलो चरणको देशव्यापी कार्यक्रम अन्तरगत रहेर सबै पालिकामा मागपत्र बुझाएको हो ।

 

जिल्ला पार्टी अध्यक्ष सुरज कुमार परियारका अनुसार पार्टी केन्द्रको निर्णय अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारा सहित जिल्ला स्थित गाउँपालिका र नगरपालिकामा मागपत्र बुझाइएको छ ।

 

मागपत्रमा सम्बन्धित पालिकाको शिक्षा, स्वास्थ्य, यातायात, गरिवी, भ्रष्टाचार लगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई उठान गरिएको छ ।

 

जसअन्तर्गत सुशासन र रोजगारीलाई नै प्रमुख मुद्दाको रुपमा राखिएको पार्टी अध्यक्ष परियारले बताए । सोही अनुरूप प्रत्येक पालिकाले प्रस्तुत गर्ने आगामी नीति तथा कार्यक्रममा मागपत्रमा समेटिएका विषयवस्तुहरू राख्न आग्रह गरिएको छ ।

 

त्यस्तै मागपत्रमा सम्बन्धित पालिकाको प्राकृतिक स्रोत र साधनका रुपमा रहेको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्याक्रमको तर्जुमा गरी कार्यान्वयन गर्न भनिएको छ । यसैगरी जनताको पहुँच हुने गरी कृषि, सडक, यातायात, पर्यटन, खानेपानी लगायत क्षेत्रका समस्यालाई सुधार गर्नुपर्ने माग राखिएको छ ।

 

नेकपा एसको मागपत्र बुझ्दै सम्बन्धित पालिकाका प्रमुख तथा अध्यक्षले मागपत्रमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको बताउँदै पालिकाले प्रस्तुत गर्ने नयाँ नीति तथा कार्यक्रममा समावेश गरिने बताएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले चैत १ गते देखि वैशाख २५ गते सम्म पहिलो चरणको आन्दोलन सञ्चालन गरिरहेको छ । सोही सार्वजनिक कार्यक्रम अनुसार आज देशैभरका सबै स्थानीय तहमा मागपत्र बुझाउने कार्यक्रम रहेको थियो ।

 

जस अनुरूप रुकुम पश्चिम स्थित जिल्ला पार्टी र मातहत कमिटीले ६ वटै पालिकामा पुगेर मागपत्र बुझाएका छन् ।

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम
आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै
स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण
आइसीसी टि-२० विश्वकप आजदेखि सुरु
नेपालसँग क्यानडा ६ विकेटले पराजित
रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

लोकप्रिय

  • १.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • २.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ३.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ४.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ५.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • ६.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

भर्खरै

  • १.
    मिथ्या सूचना सम्बन्धी पत्रकारलाई तालिम

  • २.
    आइसीसी टि-२० विश्वकपमा आज नेपालले इंगल्याण्डको सामना गर्दै

  • ३.
    स्थानीय नीति, योजना र कानुन निर्माण प्रक्रिया सम्बन्धी अभिमुखीकरण

  • ४.
    आइसीसी टि-२० विश्वकप आजदेखि सुरु

  • ५.
    नेपालसँग क्यानडा ६ विकेटले पराजित

  • ६.
    रुकुम पश्चिममा एचपीभी खोप सञ्चालन हुँदै

  • ७.
    जन भेटघाटमा उम्मेदवार व्यस्त, चुनाव जित्नेमा सबैको दाबी

  • ८.
    सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.