रमेश मल्ल
रुकुम पश्चिम -१९, वैशाख ।
Advertisement
रुकुम पश्चिम आठबिसकोट नगरपालिका -१४, ज्यमिरकोट निवासी नरबहादुर मल्ललाई बिहीबार सहयोग रकम हस्तान्तरण गरिएको छ । मेरुदण्ड पीडित मल्ललाई देश तथा विदेशबाट सङ्कलन भएको आर्थिक रकम हस्तान्तरण गरिएको हो ।
केही महिना अघि घाँस काट्न गएको बेला रुखबाट लडेर मेरुदण्ड भाँचिएका मल्ललाई समाजसेवी देपेन्द्र मल्लको नेतृत्वमा आर्थिक रकम हस्तान्तरण गरिएको छ । उपचाररत मल्लको घरमा गएर ६४ हजार सातसय ६ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजसेवी मल्लले बताए ।
मेरुदण्ड पीडित मल्लको हाल शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको उनको परिवारले बताएका छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण थप सहयोग गरिदिनु हुन पीडित परिवारले मनकारी व्यक्तिहरूलाई अनुरोध गरेका छन् ।