रुकुम पश्चिम -२, वैशाख ।
Advertisement
नेपालमा विपद् घटनाबाट एक वर्षको अवधिमा करिब साढे सातसय जनाको मृत्यु भएको छ । २०८१ वैशाख १ गतेदेखि चैत ३१ सम्म विपद् घटनाबाट सातसय ४७ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको ८१ सालमा आठ हजार नौ सय १५ वटा घटना घटेका छन् । जसबाट सातसय भन्दा धेरैको मृत्यु हुँदा ६९ जना बेपत्ता भएका छन् ।
त्यस्तै एक हजार सातसय ११ जना घाइते भएका छन् । १९ हजार बढी घरपरिवार प्रभावित भएको प्राधिकरणले बताएको छ ।
यसैगरी विपद् घटनाबाट तीन अर्ब १७ करोड ४२ लाख ६२ हजारको क्षति भएको अनुमान गरिएको छ ।
गएको ८१ साल अर्थात् एक वर्षको अवधिमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, आगलागी, वन डढेलो, हावाहुरी लगायत १६ वटा घटनाबाट जनधनको क्षति भएको हो ।
