कल्याणी खड्का
Advertisement
रुकुम पश्चिम -३०, चैत ।
काठमाडौँको सडकमा १२ दिन भइसक्यो
शिक्षाको शिरमा पसिना आँखामा आँसु मिसिएको ।
शिक्षा ऐनको माग मात्रै हो बढी केही होइन
तर सुनिदिँदैन सरकार यो लाचारी कम्ती होइन ।
सिढी चढाउने थिए जो आज आफै चिप्लिएका छन्
कापी कलम छाडेर हातमा व्यानर उठएका छन्
यो देशमा शिक्षक बन आफैंमा सङ्घर्ष बन्नेछ ।
सत्ताको भित्ता भित्र माैन छ कानुनको रेखा
तर शिक्षकमाथि झनै थिचोमिचो कता हरायो लेखा ।
शिक्षा बिना देश उज्यालो हुँदैन यो सत्य बुझ्नुपर्ने
शिक्षकको इज्जत नगरेसम्म समाज कसरी बन्ने ।
शिक्षक रोएको दिन पुस्ताले आँसु झार्ने छन्
आज बोलिएन भने भोलि तिमि पनि हार्नेछौ ।
मलम यही छ न्याय देउ, ऐन देउ र स्वाभिमान देउ सरकार
शिक्षकलाई सम्मान देउ देशलाई साँचो पहिचान देउ सरकार ।
लेखक कल्याणी खड्का कर्णाली प्रदेश सभा सदस्य हुन् ।