• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

उद्योग दर्ताको सङ्ख्या घट्दै

"चालु आर्थिक वर्षमा एकसय भन्दा कम उद्योग दर्ता "

रुकुम पश्चिम -२९, चैत ।

Advertisement

रुकुम पश्चिमको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । उत्पादन, निर्माण तथा उद्यमका लागि गरिने उद्योग दर्ताको सङ्ख्या घट्दै गएको हो ।

 

कार्यालयका सूचना अधिकारी शेरबहादुर ओलीका अनुसार कार्यालयमा दर्ता हुने उद्योगको आधारमा पछिल्लो समय उद्योगीको सङ्ख्या कम हुँदै गएको पाइएको छ । उद्योग दर्तापछि उद्यमीले उत्पादन गर्ने वस्तु र सेवाको बजारीकरणमा समस्या हुँदा यस्तो समस्या आएको ओलीको भनाइ छ ।

 

अर्को तर्फ युवा पंक्ति वैदेशिक रोजगार तथा अध्ययनका लागि देश बाहिर जाने लहरका कारण पनि नयाँ उद्योगीको सङ्ख्या घट्दै गएको छ ।

 

यसरी उद्योग दर्ताको सङ्ख्या घट्दै जाँदा कार्यालयको राजस्व सङ्कलनमा समेत कमी हुँदै गएको बताइएको छ ।

 

तर, स्थानीय सरकार निर्माणपछि गत वर्षदेखि केही साना उद्योगहरु स्थानीय तहमै दर्ता हुने गरेको कार्यालयले बताएको छ । जसका कारण जिल्ला स्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा उद्योग दर्ताको सङ्ख्या घटेको हुन सक्ने अनुमान गरिएको छ ।

 

चालु आर्थिक वर्ष देखि हालसम्म ९४ उद्योग दर्ता

यस कार्यालयमा चालु आर्थिक वर्षदेखि हालसम्म ९४ वटा उद्योग दर्ता भएका छन् । वाणिज्य तर्फ २९ र उद्योग तर्फ ६५ वटा दर्ता भएका छन् ।

 

त्यसैगरी स्थानीय तहमा दर्ता गरिएका उद्योग बाहेक यहाँको कार्यालयमा हालसम्म वाणिज्य दर्ता दुईसय ९० र उद्योग दर्ता एकहजार पाँचसय ८६ वटा रहेका छन् ।

 

कार्यालयले दिएको जानकारी अनुसार स्थानीय तहमा उद्योग तर्फ तीन लाख भन्दा कम र वाणिज्य तर्फ दश लाख भन्दा तलको व्यवसाय मात्रै दर्ता हुने गरेका छन् । सोभन्दा माथिका उद्योगहरू उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिममा दर्ता हुँदै आएका छन् ।

 

यस कार्यालयले विभिन्न समयमा उद्योग वाणिज्य सम्वन्धी घुम्ती शिविर पनि सञ्चालन गर्दै आइरहेको छ । शिविरमा व्यवसाय दर्ता, नामसारी, पुँजी वृद्धि, ठाउँ सारी र उद्देश्य थप सम्वन्धी सेवा प्रदानका काम हुने कार्यालय प्रमुख रमेश वलीको भनाइ छ ।

शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.