रुकुम पश्चिम -२८, चैत ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी छन् । बुधबार नेकपा एस प्युठानकाे दशौँ जिल्ला अधिबेशनमा बोल्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुईदशक अगाडि मसानघाट पुगेकाे राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन् ।
लामाे समय म्युजियममा थन्क्याएर राखेको ब्यक्तिकाे पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा हाम्रा केही कमजोरी भएको भन्दै उनले लाेकतन्त्रवादी राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने आवश्यकता आएको बताइन् । मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भुमिका निभाउने राजनीतिक दलका नेतृत्वले अब समीक्षा गर्नुपर्ने र नसुध्रिए आगामी निर्वाचनमा हामी लाेकतान्त्रिक शक्तिहरुकाे अवस्था दयनिय हुने उनको तर्क छ ।
“अहिले यो अवस्थामा हामीसगँ दुईवटा मात्रै विकल्प छन्, सुध्रिने वा सक्किने । हामीले ल्याएकाे परिवर्तनमाथि धावा वाेल्ने समय कसका कारणले भयाे उनले भनिन्, अब हामीले समीक्षा नगर्ने र समयअनुसार परिवर्तन भएर चल्न सकिएन भने हामी सडकमा हिड्दा पनि जनताले चड्कन हान्ने दिन छिट्टै आउँछ । हामी करेक्सन भएनाै भने आगामी स्थानीय, प्रदेश र सघंकाे निर्वाचनमा हाम्रा नेता कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवार बनेर मैदानमा देखिने छन् उनले बताईन ।”
मुलुकमा धेरै परिवर्तन ल्याएका राजनीतिक दलका नेताहरू सुध्रिन नसक्ने र समय अनुसार चल्न नसक्ने हाे भने राजनीतिबाट उत्तम निकास नै अहिलेकाे आवश्यकता हाे उनकाे भनाई छ ।
प्युठान जिल्लाको दशौँ जिल्ला अधिबेशनकाे उद्घाटन पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणी चाैधरीले गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री साेम प्रसाद पाण्डे लगायतका केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे बताइएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।