• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

चौरजहारी इलाका प्रशासन : एकहजार भन्दा धेरैले लिए सेवा

रुकुम पश्चिम -२६, चैत ।

Advertisement

रुकुम पश्चिमको इलाका प्रशासन कार्यालय चौरजहारीबाट एकहजार तीन सय बढी सेवाग्राहीले सेवा लिएका छन् । स्थापनाको एक वर्षमा एकहजार तीन सय २३ जनाले सेवा लिएका हुन् ।

कार्यालय प्रमुख तोषराज केसीका अनुसार नाबालक परिचय पत्र, नागरिकता, दलित, जनजाति र खसआर्य प्रमाणित तथा अन्य सिफारिसका लागि एक हजारभन्दा धेरैले सेवा लिएका छन् ।

जसमध्ये गत वर्षको चैत देखि हालसम्म एकहजार दुईसय १७ जनालाई नागरिकता प्रदान गरिएको छ । त्यस्तै नाबालक परिचयपत्र आठजना, दलित जनजाति र खस आर्य प्रमाणित ८० जना तथा अन्य सिफारिस १८ जनालाई प्रदान गरिएको छ ।

नाबालक परिचयपत्रको हकमा १६ वर्ष भन्दा कम उमेरलाई परिचय पत्र उपलब्ध गराइएको छ । आमा वा बुवा विदेशमा रहेका तथा अध्ययनका लागि नेपाल बाहिर जानेलाई परिचयपत्र दिइएको इलाका प्रशासन कार्यालयले बताएको छ ।

अन्य सिफारिस अन्तर्गत जन्म मिति, नाम, थर, ठेगाना अथवा शैक्षिक प्रमाणपत्रमा त्रुटि भएकालाई सिफारिस दिइएको छ ।

इलाका प्रशासन कार्यालयबाट सुरुवाती चरणदेखि नै नयाँ नागरिकता लगायत अन्य सेवा प्रवाहको काम भइरहे पनि प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको लागि भने यहाँका सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा जाने गरेका छन् ।

तर नागरिकतापछि अनिवार्य गरिएको राष्ट्रिय परिचय पत्र पनि आगामी वर्षदेखि इलाका प्रशासनबाटै उपलब्ध गराउन थप पहल भइरहेको कार्यालय प्रमुख केसीले बताए ।

गतवर्षको माघ ८ गते स्थापना गरिएको इलाका प्रशासनले त्यसको ठिक दुई महिनापछि चैत १२ गतेदेखि नियमित सेवा प्रवाहको काम सुरु गरेको थियो ।

विगत एक वर्षदेखि घर दैलो नजिकै इलाका प्रशासन कार्यालयबाट नागरिकता सेवा उपलब्ध हुँदा पालिका भित्रका नागरिक जिल्ला प्रशासनमा जानुपरेको छैन । यसबाट समय र पैसाको बचत भएको सेवाग्राही बताउँछन् ।

मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.