जाजरकोट -२५, चैत ।
Advertisement
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जाजरकोटको छैठौँ जिल्ला अधिवेशन पार्टी केन्द्रीय महासचिव घनश्याम भुसालले उद्घाटन गरेका छन् । सदरमुकाम खलंगाको गैरीखालीमा आज आयोजित अधिवेशनलाई पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।
“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ छैठौँ जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशनमा प्रमुख अतिथि भुसाल लगायत नेताले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
जिल्ला अधिवेशनको उद्घाटन सत्र पछि आजै बन्द सत्र सुरु हुनेछ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुने नेकपा एस जाजरकोटले बताएको छ ।