रुकुम पश्चिम -२७, फागुन ।
Advertisement
नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन पार्टी केन्द्रीय महासचिव घनश्याम भुसालले उद्घाटन गरेका छन् । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा आज आयोजित अधिवेशनलाई पानसमा दीप प्रज्वलन गरेर द्घाटन गरेका हुन् ।
“दक्षिणपन्थी अवसरवादको विरोध गरौं, समाजवादको यात्रामा अघि बढौं” भन्ने मूल नाराका साथ जिल्ला अधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । अधिवेशनमा प्रमुख अतिथि भुसाल लगायत नेताले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
पार्टीको नवौं जिल्ला अधिवेशनबाट एकीकृत समाजवादी रुकुम पश्चिमको नयाँ नेतृत्व चयन हुनेछ । उद्घाटन सत्रपछि आजै बेलुका बन्दसत्र हुने नेकपा एस रुकुम पश्चिमले बताएको छ ।