रुकुम पश्चिम -२२, फागुन ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारण लगानी कर्ताका लागि निष्काशन गरेको हो ।
सर्वसाधारणले न्यूनतम दश कित्ता देखि अधिकतममा दश हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने आईपीयोमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म थप हुनेछ ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीको लागि विदेशमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो । यस कम्पनीको शेयर निष्काशन तथा बिक्रीको लागी एनआईएमबि एस क्यापिटल लिमिटेडले जिम्मा लिएको छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।