रुकुम पश्चिम -२२, फागुन ।
रुकुम पश्चिमको चौरजहारीमा चौथो बृहत चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आजबाट सुरु हुने भएको छ । चौरजहारी नगरपालिका -२, को रङ्गशालामा चैत ४ गते सम्म सञ्चालन गरिने महोत्सव आज देखि सुरु हुन लागेको हो ।
आयोजक सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रका अनुसार उक्त महोत्सव दिउँसो तीन बजे नगर प्रमुख पुष्प वादीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘कला, संस्कृति, कृषि, उद्योग र व्यापार-चौहरजहारी नगरपालिका समृद्धिको आधार’ भन्ने मूल अभियानका साथ महाेत्सव आयोजना गरिएको छ ।
महोत्सवमा नायक पल शाह, राजु परियार, बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरी लगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको उपस्थिति रहने आयोजकले बताएको छ ।
सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको सामग्री खरिद तथा संस्थागत विकासका लागि महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।