रुकुम पश्चिम -१८, फागुन ।
Advertisement
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले सर्वसाधारणका लागि एफपियो सेर निष्कासन गरेको छ । आज फागुन १८ गते देखि आवेदन दिन पाउने गरी कम्पनीले एफपीओ सेयर निष्कासन गरेको हो ।
कम्पनीले एक लाख ९५ हजार ७ सय ७३ कित्ता साधारण सेयर बिक्रीका लागि ल्याएको छ । प्रत्येक सेयरको मूल्य रु. एक सय तोकिएको छ । जसअनुसार कम्पनीले कुल रु. १ करोड ९५ लाख ७७ हजार तीन सय रुपैयाँ संकलन गर्नेछ ।
सेयर खरिदको लागि छिटोमा फागुन २१ गते सम्म आवेदन दिन सकिनेछ । यदि पूर्ति नभए फागुन ३२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सर्वसाधारण लगानीकर्ताले मेरो सेयर पोर्टल वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।