• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न

"दश बुँदे घोषणा पत्र जारी "

रुकुम पश्चिम -५, फागुन ।

Advertisement

समाजवादी प्रेस संगठन, नेपालको दोस्रो राष्ट्रिय भेला आइतबार सम्पन्न भएको छ । संगठनमा आबद्ध देशैभरका प्रतिनिधिको उपस्थितिमा काठमाडौँ स्थित केएम बैंकेटमा दोस्रो भेला सम्पन्न भएको हो ।

 

भेलाले संगठनको केही रिक्त पदमा पदपूर्ति गर्दै १० बुँदे घोषणापत्र समेत जारी गरेको सो संगठनले बताएको छ । भेलाबाट संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको छ । त्यस्तै महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेल र उपाध्यक्ष (लुम्बिनी) हृदय भुसाल चयन भएका छन् ।

 

यस भेलाले १० बुँदे घोषणा पत्र अन्तर्गत अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरूको हकहित तथा सुशासन र पारदर्शिताका विषयमा सरकार र सरोकारवाला निकायहरूसँग महत्वपूर्ण मागहरू राखेको छ ।

त्यस्तै सरकारद्वारा प्रस्तावित सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयासको रूपमा व्याख्या गर्दै तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । साथै, संसदको हिउँदे अधिवेशन छलेर ल्याइएका अध्यादेशहरू फिर्ता लिनुपर्ने र परिमार्जनसहित संसदमा पेश गर्नुपर्ने संगठनको धारणा सार्वजनिक गरेको छ ।

संगठनका पदाधिकारीहरूले हालै केही व्यक्तिहरूले समाजवादी प्रेस संगठनलाई जबरजस्ती विलय गराउने प्रयास गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै संगठन एकताबद्ध रहेको स्पष्ट गर्दै पत्रकारहरूलाई भ्रामक गतिविधिमा नफस्न अपिल समेत गरेको छ ।

यसैगरी समाजवादी प्रेस संगठनले सञ्चार गृहहरूमा काम गर्ने श्रमजीवी पत्रकारहरूले लामो समयसम्म पनि उचित पारिश्रमिक नपाउने, नियुक्ति पत्र नपाउने र श्रम शोषणमा पर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । साथै, बिना कुनै कारण पत्रकारहरूलाई निष्काशन गर्ने वा वेतलवी विदामा राख्ने गतिविधि अन्त्य गर्नुपर्ने माग गरेको छ ।

भेलाले नयाँ सञ्चार माध्यम न्यू मिडियाका नाममा सञ्चालित सामाजिक सञ्जालका सामग्रीहरूको सत्यता र विश्वसनीयताबारे सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । यस्तै, मूलधारका सञ्चारमाध्यमहरूले सुशासन, विकास र समृद्धिका पक्षमा निर्भीकताका साथ भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि घोषणापत्रमा उल्लेख गरेको छ ।

 

संगठनले सञ्चारमाध्यमलाई लैंगिकमैत्री बनाउनुपर्ने र महिला पत्रकारहरूमाथि हुने हिंसाजन्य क्रियाकलाप रोक्न राज्यले ठोस नीति ल्याउनुपर्ने बताएको छ । साथै, प्रेस काउन्सिल, पत्रकार महासंघलगायतका निकायमार्फत प्रदान गरिने पुरस्कार, छात्रवृत्ति, तालिम तथा अन्य अवसरहरू निष्पक्ष र समावेशी ढंगले वितरण गर्नुपर्ने माग पनि गरेको छ ।

 

त्यस्तै कोभिड -१९, आर्थिक मन्दी जस्ता कारणले साना तथा स्वरोजगारमुखी मिडियाहरू बन्द हुने अवस्थामा पुगेको भन्दै राज्यलाई उचित नीति ल्याउन आग्रह गरेको छ ।

 

राष्ट्रिय भेलामा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल, उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, सम्मानित नेता झलनाथ खनाल र प्रमुख अतिथि तथा पार्टी अध्यक्ष माधव कुमार नेपालले मन्तव्य राखेका थिए ।

 

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.