• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

रेडक्रसको नवनिर्मित भवन उद्घाटन

ज्यामिरकोटमा ३६औं पूर्णिमा मेला लाग्ने

विद्यार्थीको रुचि र खुबीको फ्युजनमा करियर बन्दछ

श्रममन्त्री साह पदमुक्त

नेपाल पत्रकार महासङ्घको भर्चुअल बैठक सम्पन्न

एउटै विद्यालयमा अब पटक-पटक भर्ना शुल्क लिन नपाइने

घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

लोकप्रिय समाचार

  • १. तुलसीराम खड्काका तीन मुक्तक

  • २. एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३. शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४. आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ५. घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • ६. नेपाल पत्रकार महासङ्घको भर्चुअल बैठक सम्पन्न

  • ७. ज्यामिरकोटमा ३६औं पूर्णिमा मेला लाग्ने

  • ८. विद्यार्थीको रुचि र खुबीको फ्युजनमा करियर बन्दछ

  • ९. एउटै विद्यालयमा अब पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. पहाडी तथा हिमाली भूभागमा हावाहुरी र मध्यम वर्षा

कफी पिउनुको फाइदा के ? पूरा जानकारीसहित यो सामग्री पढ्नुहोस


रुकुम पश्चिम ७, माघ ।

Advertisement

 

पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिदै गएको छ ।

केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरुसँग घन्टौं गफिने चलन बढेको छ ।

कफी पारखीहरुलाई नै मध्यनजर गरि खोलिएका क्याफेहरुमा कफीका विभिन्न भेराइटीहरु उपलब्ध हुन्छन् । क्यापेचिनो, क्याफेलाट्टे, अमेरिकानो, एस्प्रेसो लगाएतका भेराइटीहरु नेपालमा धेरै लोकपि्रय छन् ।

नेपालमा पनि कफी पिउने सँस्कृति बढेसँगै विभिन्न कफी हाउसहरुले फ्रेन्चाइजीको रुपमा काठमाडौं बाहिरका अन्य विभिन्न शहरहरुमा पनि शाखा खोल्न थालेका छन् ।

कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर, कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ त ?

नियमित कफी पिउने मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । त्यस्तै विभिन्न अध्ययनहरुले पनि कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएका छन् । दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ । त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने तपाईंले कफीबाट पाउने फाइदा कम हुनसक्छ ।

यस्ता छन् नियमित कफी पिउनुका फाइदा

१ – हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले    तपाइर्ंलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।

२ – कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।

३ – कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा पनि कफीले राम्रो गर्ने अध्ययनहरुले देखाएका छन् ।

४ – यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

यी फाइदाहरुको आधारमा भन्न सकिन्छ, कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसको सेवनबाट स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा हुन्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन ।

नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

 

सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रेडक्रसको नवनिर्मित भवन उद्घाटन
ज्यामिरकोटमा ३६औं पूर्णिमा मेला लाग्ने
विद्यार्थीको रुचि र खुबीको फ्युजनमा करियर बन्दछ
श्रममन्त्री साह पदमुक्त
नेपाल पत्रकार महासङ्घको भर्चुअल बैठक सम्पन्न
एउटै विद्यालयमा अब पटक-पटक भर्ना शुल्क लिन नपाइने

लोकप्रिय

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    एक गणित शिक्षकको अभिभावकलाई चिठ्ठी

  • ३.
    शिक्षक अभिभावक सङ्घको अध्यक्षमा ददेल सर्वसम्मत

  • ४.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

  • ५.
    घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • ६.
    नेपाल पत्रकार महासङ्घको भर्चुअल बैठक सम्पन्न

भर्खरै

  • १.
    रेडक्रसको नवनिर्मित भवन उद्घाटन

  • २.
    ज्यामिरकोटमा ३६औं पूर्णिमा मेला लाग्ने

  • ३.
    विद्यार्थीको रुचि र खुबीको फ्युजनमा करियर बन्दछ

  • ४.
    श्रममन्त्री साह पदमुक्त

  • ५.
    नेपाल पत्रकार महासङ्घको भर्चुअल बैठक सम्पन्न

  • ६.
    एउटै विद्यालयमा अब पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • ७.
    घोरखानीमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

  • ८.
    आवश्यकताका आधारमा योजना छनोट गर्न मन्त्री बुढाको आग्रह

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.