रुकुम पश्चिम -४, माघ ।
नेपाली चलचित्र जुनाकाे प्रर्दशन मिति ताेकिएकाे छ । बाल बिहाह गर्दा अधिकांश छाेरीहरुले भोग्दै आएकाे पिडालाई चलचित्रमा जस्ताकाे तस्तै उतारेर निर्माण गरिएकाे छ । उक्त चलचित्र माघ २५ गते देखि देश भरका सिनेमा हलहरुमा प्रर्दशनमा आउने चलचित्र टिमले जनाएको छ ।
चलचित्रले बाल बिबाह न्युनिकरण गर्नमा जनचेतनामुलक सन्देश प्रभाह गर्ने भन्दै विभिन्न ठाउँमा च्यारिटी शो मार्फत उक्त चलचित्र देखाइ सकिएकाे छ । देखाईएका ठाउँहरुमा चलचित्रले धेरैको मन जितेको चलचित्र टिमले जनाएको छ ।
निर्माण टिमले चलचित्रकाे टिजर सार्वजनिक गर्दै सम्पुर्ण चलचित्र प्रेमीहरुलाई हल सम्म आएर चलचित्र ´जुना´ हेर्न आह्वान गरेका छ ।
दिपक प्रसाद घिमिरेले निर्माण गरेकाे उक्त चलचित्रमा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बि.क., केशव अधिकारी जस्ता कलाकारहरूकाे अभिनय देख्न पाइनेछ ।
उक्त चलचित्रकाे निर्देशन जीवन सेन्चुरीले गरेका छन् । चलचित्रले भने कस्ताे सफलता दिन्छ त्याे भने हेर्न बाँकी छ ।