रुकुम पश्चिम, २६ पुष ।
पुस २१ गतेदेखि निष्काशन गरिएकाे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा कुल १९ लाख ६ हजार ७४८ भन्दा धेरैको आवेदन परेको छ। सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम समयसम्म २ करोड ५१ लाख ९० हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको हो ।
अन्तिम दिनसम्ममा आईपीओमा १३.६५ गुणा बढी आवेदन परेकाे थियो । आईपीओ भर्ने मध्य १७ लाख २२ हजार २४८ जनाकाे हात खाली हुने भएकाे छ ।
कम्पनीको आईपीओमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रूपैयाँ बराबरको शेयरका लागि आवेदन दिइएकाे छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको दरले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियाे।