रुकुम पश्चिम -१०, असोज ।
Advertisement
नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिम एसियाली खेलकुदमा समूह विजेताको रूपमा क्वाटर फाइनल प्रवेश गरेको छ । समूह ए चरण अन्तर्गत वर्षाका कारण आज भएको नेपाल र जापानबीचको खेलमा समान एक अङ्क पछि तीन अङ्कसहित नेपालले क्वाटर फाइनल प्रवेश गरेको हो ।
क्वाटर फाइनल प्रवेशसँगै नेपालले अब श्रीलङ्कासँग खेल्ने पक्का भएको छ । जापानसँगको आजको खेलमा नेपालले निर्धारित १५ ओभरमा एकसय ४९ रन बनाएको थियो ।
तर, वर्षाका कारण खेल रद्द हुँदा दुवै टोलीलाई समान अङ्क बाँडिएको हो । नेपाल रहेको समूह चरणमा अफगानिस्तान पनि दोस्रो हुँदै क्वाटर फाइनल प्रवेश गरेको छ ।
जापानसँगको खेलमा नेपालका सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले ।
जापान भने समूह चरणबाटै बाहिरिएको छ ।