रुकुम पश्चिम -३, असोज ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा अपाङ्गता भएका परिवारका लागि एकदिने आय आर्जन सम्बन्धी तालिम सम्पन्न भएको छ । सहास नेपाल र ग्रामिण युवा सरोकार केन्द्रद्धारा सञ्चालित होप परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यहरुको सीप तथा क्षमता अभिवृद्धि गरी स्थानीय स्रोत र अवसरमा आधारित आय आर्जन तथा उद्यम विकास मार्फत परिवारको आथिृक अवस्था र जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको ग्रामीण युवा सरोकार केन्द्रका अध्यक्ष पुस्तक चन्दले जानकारी दिए ।
तालिममा आयआर्जन, परिवारको आम्दानीमा यसको महत्व, स्थानीय स्रोत, कृषि, पशुपन्छी, घरेलु सीपमा आधारित व्यापार तथा सेवा क्षेत्रका विकल्पहरुको बारेमा छलफल गरीएको छ । त्यस्तै ग्राहक माग बिक्री स्थान, प्रतिस्पर्धा, मुल्य सामग्री, आर्यआर्जन क्रियाकलापको छनोट, आम्दानी तथा खर्च रेकर्ड राख्ने फर्मेट बारे पनि छलफल गरिएको होप परियोजनाका जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले जानकारी दिएका छन् ।
तालिममा बाँफिकोट गाँउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्का, उद्यम शाखा प्रमुख प्रतिभा कुसारी, होप परियोजनाका एडभोकेसी अधिकृत हरि प्रसाद अधिकारी, अनुगमन तथा मूल्याङ्कन अधिकृत खकेन्द्र विक, लेखा अधिकृत तिर्थ राई, जलवायु न्याय प्राविधिक दिपेन्द्र महतारा, सामाजिक परिचालक मोतिराम बिक, अनुस्का चन्द लगायतको उपस्थिति रहेको थियो ।
पालिकाका विभिन्न वडाबाट १७ जनाको सहभागीता रहेको तालिमको सहजीकरण बाँफिकोट गाँउपालिका उद्यम शाखा प्रमुख प्रतिभा कुसारी र होप परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत खकेन्द्र विकले गरेका थिए ।