रुकुम पश्चिम -७, भदौ ।
Advertisement
रुकुम पश्चिममा इभी गाडीले ठक्कर आज बिहान दिँदा आमा छोरीको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडानम्बर -८, एकान्त बस्तीमा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको हो ।
खलङ्गाबाट चाइना बगर तर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको इभी गाडीको ठक्कर बाट मृत्यु भएका आमाछोरीको पहिचान खुलेको छैन । उनीहरू सुर्खेत जान लागेको पाइएको छ ।
घटनास्थलमा खटिएका प्रहरीका अनुसार मृतक आमा छोरी अर्को गाडीबाट झरेर सडक छेउमा उभिएको बेला उक्त गाडीले ठक्कर दिएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।