• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सहयोग रकम हस्तान्तरण

कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

कविता – ‘कान्छी’

नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा

लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

देशभर बादल र मध्यम सम्मको वर्षा

विपन्न विद्यार्थीलाई झोला वितरण 

लोकप्रिय समाचार

  • १. मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • २. मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ३. देशभर बादल र मध्यम सम्मको वर्षा

  • ४. विपन्न विद्यार्थीलाई झोला वितरण 

  • ५. नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम

  • ६. पैदल यात्रीलाई ठक्कर दिने जिप चालक फरार 

  • ७. प्रहरी कार्यालय मार्फत गत आर्थिक वर्षका सम्पादित कार्यको प्रगति विवरण सार्वजनिक

  • ८. लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

  • ९. कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

  • १०. कविता – ‘कान्छी’

सहयोग रकम हस्तान्तरण


रुकुम पश्चिम -२३, साउन ।

Advertisement

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –११, का २१ वर्षीय नरबहादुर बुढाथोकीको उपचारका लागि संकलन गरिएको ५ लाख ५१ हजार ५ सय ७० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।

विगत तीन वर्षदेखि ब्लड क्यान्सरबाट पीडित बुढाथोकीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले उनको जीवन बचाउन बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । त्यसका लागि भारतमा उपचार गर्न करिब ३५ देखि ४० लाखसम्म खर्च लाग्ने बताइएको छ ।

 

परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारमा समस्या भएपछि सहयोगका लागि स्थानीय समाजसेवी तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको संयुक्त पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो ।

 

अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूबाट सहयोग रकम संकलन गरिएको जनाइएको छ ।

अभियानबाट संकलन भएको ५ लाख ५१ हजार ५ सय ७० रुपैयाँ आज पाटन अस्पतालमै पुगेर नरबहादुरका बुवा लालवीर बुढाथोकीलाई हस्तान्तरण गरिएको हो । समाजसेवी हरिचन्द्र शाहले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

 

रकम हस्तान्तरण कार्यक्रममा सोहि वडाका लालबहादुर ओली तथा सहयोग रकम संकलन अभियानका अभियन्ता तुलसीराम बुढाथोकी, जगदीश ओली र मानबहादुर ओलीको उपस्थिति रहेको थियो ।

 

अभियानमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकहरूप्रति अभियानका अभियन्ता जगदीश ओलीले धन्यवाद व्यक्त गरेका छन् । उनले सहयोग रकमले नरबहादुरको थप उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

यस्तै नरबहादुरका बुवा लालवीर बुढाथोकीले छोराको उपचारका लागि आर्थिक तथा अन्य सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाता, शुभेच्छुक र अभियानमा सक्रिय अभियन्ताहरूप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस
कविता – ‘कान्छी’
नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा
लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी
मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

लोकप्रिय

  • १.
    मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • २.
    मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ३.
    देशभर बादल र मध्यम सम्मको वर्षा

  • ४.
    विपन्न विद्यार्थीलाई झोला वितरण 

  • ५.
    नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या कम

  • ६.
    पैदल यात्रीलाई ठक्कर दिने जिप चालक फरार 

भर्खरै

  • १.
    सहयोग रकम हस्तान्तरण

  • २.
    कमलताल प्रालिले थप्यो पुन: तीन वटा नयाँ बस

  • ३.
    कविता – ‘कान्छी’

  • ४.
    नेपाली चलचित्र ‘हली’ प्रदर्शनमा

  • ५.
    लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

  • ६.
    मुसिकोट ताँवले दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

  • ७.
    मुसिकोटमा मोटरसाइकल र भ्यान ठोकिँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ८.
    देशभर बादल र मध्यम सम्मको वर्षा

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.