• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

लसुनबारीको आलु : वार्षिक १५ लाख सम्मको आम्दानी

रुकुम पश्चिम -२२, साउन ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८, लसुनबारीका स्थानीयले आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् । करिब ५० घरधुरी रहेको यहाँका किसानले बर्खे आलु उत्पादन तथा बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

वार्षिक ५ सय क्विन्टल आलु उत्पादन हुने यो गाउँमा आलु बिक्रीबाट १५ लाखसम्म भित्रिने गरेको स्थानीय बताउँछन् । लसुनबारीका प्रत्येक किसानको घरबाट १० देखि १५ क्विन्टलसम्म बर्खे आलु उत्पादन हुने गर्दछ । उक्त आलु बिक्रीबाट प्रति घरले वार्षिक २० देखि ५० हजार सम्मको आम्दानी गर्दै आइरहेको किसान लोकबहादुर बुढाको भनाइ छ ।

प्रति किलोग्राम ३० रुपैयाँका दरले बिक्री हुने यहाँको आलु रुकुम पूर्वको रुकुमकोट तथा जिल्लाका विभिन्न बजार क्षेत्रमा निर्यात हुने गरेको छ । गाउँमै उत्पादन हुने गरेको आलु घर आँगनमै बिक्री हुने भएकोले स्थानीय बासिन्दाले श्रमदान गरेर गाउँसम्मै ट्याक्टर जाने बाटो बनाएका छन् ।

गाउँमै पुगेर व्यापारीले खरिद गरेको आलु ट्याक्टर मार्फत स्थानीय बजार तथा रुकुम पूर्व लगायत अन्य बजार क्षेत्रमा पुग्ने गर्दछ ।

आलु उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसान आलु खेतीतर्फ आकर्षित भएको र बिक्रीबाट आएको आम्दानीले घर व्यवहार सञ्चालन गर्न सजिलो भएको किसान चेतन ओलीले बताए ।

त्यस्तै लसुनबारीको गाउँमा लसुन खेती पनि राम्रो हुने गर्दछ । यहाँ वार्षिक ५ सय क्विन्टल लसुन उत्पादन हुने गरेको चन्द्रबहादुर पुनको भनाइ छ । नगदे बाली र अन्य खेतीपातीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय लसुनबारीका किसान नगदे बाली तर्फको व्यावसायिक खेतीमा आकर्षित भएका छन् ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.