रुकुम पश्चिम -३, साउन ।
Advertisement
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, को एक ओडारमा बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक फेला परेको छ । वडाको बैरीदह चयरपानी सामुदायिक बनमा रहेको ढुंगाको ओडार भित्र भरुवा बन्दुक फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झबिन्द्र परियारका अनुसार काठको बट देखि नालको टुप्पो सम्मको चार फिट ६ इन्चको भरुवा बन्दुक भेटिएको छ । उक्त बेवारिसे बन्दुक लुकाई छिपाई राखेको अवस्थामा कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको जनाएको छ ।
प्रहरीले फेला पारेको बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान कार्य भईरहेको बताइएको छ ।