रुकुम पश्चिम -२, साउन ।
Advertisement
कलाकारको तिमीले पगरी बेरेर
समाजलाई किन ध्वस्त पार्दैछौ
एकछिन गम्भीर भएर सोच्ने गर
दौलतका लागि अपाच्य गीत गाउनेहरु
जिउनका लागि नाङ्गो नाच्ने नाच्नेहरु ।
गाउँघर भत्काउने कलङ्क किन बन्दैछौँ ?
समाज भडुवा नालायक दुष्ट आत्माहरु
शिक्षा दिने गुरुआमालाई टेर्न छाडेर
नेपाली वर्ण कखरा नपढ्ने भन्छौ ।
तिमी कति बौलाहा छौ आधुनिक भनेर
नेपालीको मौलिकपन छिट्टै भूलेर
गाउँघरमा आगो लगाउने दुष्ट आत्माहरु
तिम्रा कुकर्मको आउ हिसाब गरौं
अहिलेसम्म कति फाइदा भो समाजलाई
तिमीले केहि धर्म गर्यौ ज्ञान बाडेर
संसारको पथ देखाउने गुरुलाई आज
मास्टर्नीको नाममा नङ्ग्याउन खोज्यौ ।
रमिता देखाउने कार्टुन बनाएर
यस्ता छन् मुर्ख गवार कलाकार
केही सजाय देउ तिनीलाई हे सरकार ।