रुकुम पश्चिम -२१, असार ।
Advertisement
विश्वकप लिग -२ खेल्ने नेपाली क्रिकेट खेलाडीको आज बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको विदाई गरेको हो ।
नेदरल्यान्ड्समा हुने लिग -२ खेल साउन ५ गते देखि सुरु हुँदै छ । लिग -२ को त्रिकोणात्मक सिरिजमा आयोजक राष्ट्र नेदरल्यान्ड सँगै नेपाल र नामिबिया बिच प्रतिस्पर्धा हुनेछ ।
नेपाललाई विश्वकपमा छनोट हुन लिग -२ का बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । नेपालले हालसम्म लिग चरण अन्तर्गत २८ खेल खेल्दै २४ अङ्क जोडेको छ ।