रुकुम पश्चिम -२०, असार ।
Advertisement
हिमाल झैँ अटल कहिल्यै भएनौ
नदी झैँ निश्चल रफ्तार रहेनौ कमरेड
आखिर तिमीले किन यस्तो गर्छौ ?
तिमीले जित्दा अमिला भएर
एकताको ढिक्का फुट्ने गर्छ
किन यस्तो भएको होला कमरेड ?
तिमीले हार्दा गुलिया भएर
एकजुटको ढ्वाङ फुक्ने गर्छौ
के गर्न हो खोजेको तिमीले ?
न आफुले गर्छौ न अरुलाई गर्न दिन्छौ
जसको पनि ईष्र्या गर्छौ
केही सुखशान्ति ल्याउँला भनेर
सबैले ठाउँ दिलाएकै हुन्
तर तिम्रै कारणले त्यहिमा ठाउँ टिक्न सकेनौ ।
आज कमजोर हुनुपर्यो आफ्नै कर्मले
एकैनासले बलियो गति समाउन सकेनौ
मौका सधैँ दोहोरिने हुँदैन हेर
निरन्तर चलेको शिलशिलामा ब्रेक लगाएर
पलभरमै सफलता पाउने गरेर
एकतामै बल हुन्छ, ज्ञान नभएर होइन
व्यवहारमा सबैको ध्यान नपुगेर हो कि
उठ्नु अब ढलेका मुनाहरु बर्षामा रम्दै
एकताको विगुल होस्, जहिल्यै क्रमभङ्ग नबन्दै ।