रुकुम पश्चिम -१६, असार ।
Advertisement
साउदी अरबले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा साउदीले नेपाली कैदीबन्दीलाई आममाफी दिएको हो ।
साउदीले दिएको आम माफीलाई लिएर नेपाल सरकारले साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।
सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबिच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो आममाफी रियादस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको अनुरोध पश्चात् प्रदान गरिएको हो ।
आममाफी पाएका कैदीबन्दीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि मात्रै नेपाल फर्किने छन् ।