रुकुम पश्चिम -२, असार ।
Advertisement
रुकुम पश्चिममा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ छ । सोमबार राति त्रिवेणी गाउँपालिका -२, को बिमैचाबाट मोटरसाइकलमा सिम्रुतुतर्फ झर्दै गरेका दुईजनालाई शङ्का मानी चेकजाँच गर्ने क्रमम पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झबिन्द्र परियारका अनुसार पक्राउ पर्नेमा सोही वडाका २९ वर्षीय कमल पुन मगर र अन्दाजी २० वर्षीय राजन पुन मगर रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट लागु औषध (ब्राउनसुगर) जस्तो देखिने पदार्थ शुद्ध तौल ७० मिलिग्राम फेला पारेको छ । त्यस्तै भे १२ प. ८५३० नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई सम्मानित रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।