रुकुम पश्चिम -१६, जेठ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज एक थान भरुवा बन्दुक नाल बरामद गरेको छ । मुसिकोट नगरपालिका -१३, छिवाङ खोलाको जंगलमा रहेको ढुङ्गाको खोचमा लुकाई छिपाई राखिएको बन्दुक नाल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरि प्रसाद पुनले बिहान ७ बजे खटी गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा बन्दुक फेला पारेको बताए ।
काठको वट देखि नालको टुप्पोसम्म ४ फिट लम्बाई र काठको वट भागको दुई फिट गरी जम्मा ६ फिट लामो अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।
प्रहरीले बरामद गरेको भरुवा बन्दुक रितपूर्वक जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखेको र थप अनुसन्धान कार्य भइरहेको बताएको छ ।