रुकुम पश्चिम -११, जेठ ।
Advertisement
रुकुम पश्चिममा आज विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र सुरक्षा निकायको समन्वयमा गाराघाट स्थित सानीभेरी नदीमा पूर्व अभ्यास गरिएको हो ।
मनसुनजन्य विपद्का सम्भावित घटनाबाट हुनसक्ने मानवीय क्षतिलाई कम गर्न पूर्व अभ्यास गरिएको प्रशासनले बताएको छ । विपद् प्रतिकार्यमा चण्डीदल गण सल्ले लगायत अन्य सुरक्षा निकायको सहभागिता रहेको थियो ।
पूर्व अभ्यास मनसुन -६ नाम दिईएको विपद् प्रतिकार्यमा सुरक्षा निकायको टोलीले विपद्का बेला अपनाइने विभिन्न अभ्यास गरेको बताइएको छ ।