रुकुम पश्चिम -७, जेठ ।
Advertisement
जिल्लाको आठविसकोट नगरपालिका -१३, पारापानीमा करेन्ट लागेर आज बेलुकी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३३ वर्षीय प्रेम खत्री रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार विद्युत मर्मतका क्रममा तारले छुँदा खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राडीबाट प्रहरी निरीक्षक बिजय चपागाँईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।