रुकुम पश्चिम -३, जेठ ।
Advertisement
रुकुम पश्चिममा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठविसकोट नगरपालिकाले जितेको छ । सामाजिक विकास कार्यालयको आयोजनामा मुसिकोट नगरपालिका -३, धैरेनीचौर रङ्गशालामा आयोजित सिल्डको उपाधि आठविसकोटले जितेको हो ।
सामाजिक विकास कार्यालयका अनुसार आठविसकोट नगरपालिका १६ स्वर्ण, १५ रजत र १७ कास्य सहित कुल ४८ पदकका साथ पहिलो बनेको छ । रनिङ सिल्डमा १२ स्वर्ण, १४ रजत र नौ कास्य सहित ३५ पदक प्राप्त गर्दै मुसिकोट नगरपालिका दोस्रो बनेको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिका ९ स्वर्ण, ५ रजत र १५ कास्य सहित २९ पदक प्राप्त गर्दै तेस्रो बनेको छ ।
जेठ १ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ सिल्ड आज सकिएको हो ।