रुकुम पश्चिम -२, जेठ ।
Advertisement
आइसिसी विश्व कप लिग टु अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज नेपालले अमेरिकासँग खेल्दैछ । खेल बिहान ९:३० बजेदेखि सुरु हुँदैछ ।
दुवै टोलीले पछिल्लो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेका छन् । वर्षाका कारण डिएलएस मेथडमा दुईवटै टिमले स्कटल्यान्डसँग समान २ रनले हारेका छन् ।
आज हुने खेलमा दुवै टिम तालिकामा अङ्क थप्ने गरी जित निकाल्न चाहन्छन् ।
आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालसँगै स्कटल्यान्ड र अमेरिका सहभागी छन् ।