रुकुम पश्चिम -२९, वैशाख ।
Advertisement
आइसिसी विश्व कप लिग टु अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजबाट सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ४४ रनको टार्गेट दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको हो ।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले ६२ बलमा ७५ रन बनाउँदै राम्रो योगदान दिलाए । नेपालका लागि सन्दीप लामिछानेले सुरुवाती चार विकेट लिन सफल भए ।
आजको खेलमा यदि नेपालले स्कटल्याण्डलाई पराजित गर्न सके लिग चरणमा दुई अङ्क जोड्ने छ । नेपालले अब केही बेरमा ब्याटिङ गर्दैछ ।
आजबाट सुरु भएको एक दिवसीय लिग-२ को सिरिजमा नेपालसँगै स्कटल्यान्ड र अमेरिका प्रतियोगितामा सहभागी छन् ।