• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएलमा आज दुई खेल हुँदै

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सदन छलेर ल्याउने अध्यादेश लोकतन्त्रका विरुद्ध छ : प्रचण्ड

रुकुम पश्चिम -१७, वैशाख ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन छलेर ल्याउन लागिएको अध्यादेश लोकतन्त्रका विरुद्ध रहेको बताउनुभएको छ । (नेकपा) रुकुम पश्चिमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सरकारले बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेशको बाटो अपनाउनु लोकतन्त्र र संवैधानिक मान्यताका विरुद्ध रहेको बताउनुभएको हो ।

सरकारले अपनाएको अलोकतान्त्रिक विधिले संविधानको मर्मलाई नै प्रहार गर्ने भएकाले यस्तो गल्ती नगर्न सरकारलाई सचेत गराएको संयोजक प्रचण्डको भनाइ छ । “अब अहिले त राष्ट्रपतिकोमा गएर बसेको छ त्यो अध्यादेश, अब के हुन्छ हेर्न बाँकी छ, तै पनि हामीले यसलाई परम्पराका विरुद्ध र अलोकतान्त्रिक भनेका छौं, प्रचण्डले भन्नुभयो ।”

त्यस्तै संयोजक प्रचण्डले काठमाडौँ उपत्यकाको खोला किनार भित्रका सुकुम्बासी बस्ती हटाउने भन्दै कुनै योजना बिना सरकारले अहिले देशभर अभियान चलाएको आरोप लगाउनुभएको छ । सरकारले वास्तविक सुकुम्बासीको पहिचान र वैकल्पिक व्यवस्थापन नगरी गरिब निमुखा माथि बल प्रयोग गरिनु गलत रहेको उहाँको भनाइ छ ।

सुकुम्बासीलाई हटाउने नाममा प्रहरी, सशस्त्र प्रहरी र सेना नै परिचालन गरेर हजारौँ हजार परिवारलाई विचलित बनाइएकोले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षणका लागि पार्टीको तर्फबाट जोडदार माग गरिएको बताउनुभएको छ ।

यसैगरी अर्को एक फरक प्रसङ्गमा संयोजक प्रचण्डले नेपालमा बृहत कम्युनिष्ट सुदृढीकरणको आवश्यकता रहेको औँल्याउनुभयो । त्यसका लागि अबको विकल्प सबै कम्युनिष्ट घटकहरु एक ठाउँमा आउनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै प्रचण्डले ५० प्रतिशत युवा पुस्तालाई पार्टी र संरचनागत जिम्मेवारीमा समेट्ने गरी पार्टीको कार्यदिशा निर्माण गरिएको बताउनुभएको छ ।

नेकपा रुकुम पश्चिमले बुधबार आयोजना गरेको पार्टीको विस्तारित बैठक तथा प्रशिक्षणमा सहभागी हुन आउनुभएका संयोजक प्रचण्ड आजै आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जानुभएको छ ।

बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएलमा आज दुई खेल हुँदै

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.