रुकुम पश्चिम -८, वैशाख ।
नेपालले दुईवटा टि२० आई सिरिज अन्तर्गत आज युएईसँग दोस्रो खेल खेल्दैछ । सोमबार त्रिबी क्रिकेट मैदानमा पहिलो हार ब्यहोरेको नेपालले आज सिरिजको अन्तिम तथा दाेस्राे खेल खेल्दै छ ।
आज बेलुकी ५ बजे देखि सुरु हुने खेलमा नेपाललाई सिरिज बराबर गर्ने मौका रहेको छ ।
पहिलोपटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले पहिलो खेलमा युएईको सामना गर्ने क्रममा ६ विकेटको हार ब्यहोरेको थियो ।
वर्षाका कारण १८ ओभर पाँच बलमा नेपालले ८ विकेटको क्षतिमा १ सय २२ रन बनाउँदा खेल डिएलएस प्रणालीमा गएको थियो ।
१० ओभरमा ७८ रनको टार्गेट पाएको युएईले चार विकेटको क्षतिमा ८ ओभर पाँच बलमा नेपाललाई हराउँदै आफ्नो जित दर्ता गरेको हो ।
आजको अन्तिम खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।
टि२० आई सिरिज पछि नेपाल, ओमान र युएई बिच विश्व क्रिकेट लिग-२ अन्तर्गत ओडिआईका खेलहरु खेल्ने तालिका रहेको छ ।