रुकुम पश्चिम -३, चैत ।
Advertisement
रुकुम पश्चिमको चौहरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीलाई घुस लिएको आरोप लागेको छ । नगरपालिकाको असिस्टेन्ट सब इन्जिनियर पदमा करार सेवाको म्याद थपमा उनलाई घुस मागेको आरोप लागेको हो ।
घुस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख वादी सहित दुई जनालाई आजै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
नगर प्रमुख वादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र (३) बमोजिम कसुरमा बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।