रुकुम पश्चिम -१, फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागी नेपाल दलित संघ रुकुम पश्चिमले ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेकाे छ । खंलगामा आज बसेको बैठकले नेपाल दलित संघ रुकुम पश्चिमका सभापति प्रवीर ददेलकाे संयाेजकत्वमा ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हाे ।
बैठकले ६ वटै पालिकाका सभापतिकाे संयाेजकत्वमा नेपाल दलित संघ निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै वडा र टाेलहरूमा समेत प्रचार प्रसार समिति गठन गर्न परिपत्र गर्ने निर्णय गरिएको बताइएको छ ।
उक्त बैठकले नेपाली काँग्रेसका प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई जिताउन दलित समुदायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाली काँग्रेस महासमिति सदस्य यज्ञबहादुर परियार, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि नरबहादुर लम्साल, जिल्ला सदस्य टेकबहादुर बिक लगायतकाे आथित्यता रहेकाे जनाइएको छ ।