रुकुम पश्चिम -२५, माघ ।
नेपालले आज आइसीसी टि२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल इंगल्याण्ड सँग खेल्दैछ । खेल आज दिउँसो ३:१५ बजे मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।
दुईपटकको डिफेन्डिङ च्याम्पियन इंगल्याण्ड सँगको खेलमा नेपालको प्रदर्शनलाई निकै रोचक साथ हेरिएको छ । नेपालसँग खेल्ने इङ्ल्याण्डले भने यसअघि नै आफ्नो अन्तिम ११ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । टिम नेपाललाई समर्थन दिन नेपाली समर्थक भने मुम्बई पुगिसकेका छन् ।
टि२० विश्वकप अन्तर्गत आजको पहिलो खेल अफगानिस्तान र न्युजिल्याण्ड बिच बिहान ११:१५ देखि सुरु हुनेछ । दिनको अन्तिम खेल भने आज बेलुकी सहआयोजक श्रीलंका र आइरल्याण्ड बिच ७:१५ देखि सुरु हुनेछ ।
आइसीसी टि-२० विश्वकप शनिबारदेखि आयोजक राष्ट्र भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु भएको हो ।
यसपटकको विश्वकप भारतका पाँच शहरका पाँच वटा स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा सञ्चालन हुनेछन् । विश्वकपमा कुल ५५ खेल हुनेछन् ।
टि ट्वान्टी विश्वकपमा २० वटा राष्ट्र सम्मिलित छन् ।