• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

नेपाली कम्युनिस्ट पार्टीको संकल्प पत्र : पूर्वाधार विकासदेखि सुशासन सम्म


रुकुम पश्चिम -१५, माघ ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले फागुन २१ गते हुने निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । आज बिहान मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी पाँचवटा मुख्य कुरालाई जोड दिँदै संकल्प पत्र सार्वजनिक गरेको हो ।

 

पार्टीले ‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार : आत्मनिर्भर रुकुम पश्चिम भागको आधार’ नामक संकल्प पत्र सार्वजनिक गरेको छ । उक्त सङ्कल्प पत्रमा जिल्लाको पूर्वाधार विकासदेखि सुशासन सम्मका मुख्य कुरालाई जोड दिएको छ ।

 

जसअनुरूप पूर्वाधार विकास अन्तर्गत सडक तथा पुल, खानेपानी, सिँचाइ, सूचना तथा सञ्चार, जलविद्युत, सहरी विकास र विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संस्कृति संरक्षण र युवा खेलकुदतर्फ जोड दिने संकल्प गरेको छ ।

 

यस पार्टीले आर्थिक विकास अन्तर्गत पर्यटन, कृषि उत्पादन तथा पशुपालन र रोजगारीलाई प्राथमिकतामा राख्दै संस्थागत विकास तथा सुशासन र वन वातावरण तथा विपद व्यवस्थापनमा जोडिएर संकल्प पत्र सार्वजनिक गरिएको बताएको छ ।

 

यसका लागि संकल्प पत्रमा अगाडि सारिएका चुनावी प्रतिबद्धतालाई जनता माझ लिने र प्राप्त सुझावलाई ग्रहण गरी थप सुधार गरिने उक्त पार्टीको भनाइ छ ।

 

नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गरेको संकल्प पत्रलाई अन्तिम रूप दिन भने बाँकी नै छ । पार्टी केन्द्रको घोषणा पत्र अझै प्राप्त नभएकाले संकल्प पत्रलाई थप सुधार गर्ने जनाइएको छ ।

 

रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोपाल शर्मा अनललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

त्यस्तै झक्कु प्रसाद घर्ती समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । यस पार्टीले मुसिकोट नगरपालिकाबाट जनतासँग भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेर चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ ।

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.