रुकुम पश्चिम -४, मङ्सिर ।
रुकुम पश्चिमका राम बि पुनले सुगम संगीत नव मोडल पुरुष तर्फको अवार्ड जितेका छन् । बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ को सर्वोत्कृष्ट सुगम संगीत नव मोडलको अवार्ड जितेका हुन् ।
पुनले ‘माया गर्छु म’ बोलको गीतबाट चारजना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड जितेका छन् । ई सेवा भोटिङ सिस्टम मार्फत पहिलोपटक अवार्ड जितेका पुनले आज काठमाडौँमा आयोजित अवार्ड वितरण कार्यक्रममा सहभागी भएर सम्मान ग्रहण गरेका छन् ।
नेपाली सुगम सांगीतिक क्षेत्रमा केही वर्ष अघि डेब्यु गरेका नव मोडल पुनले आफूलाई भोट गर्ने दर्शक तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका छन् । साथै साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न थप हौसला प्राप्त भएको उनले बताए ।
बि स्टार अवार्डको विभिन्न विधामा नोमिनेसनमा परी विजेता सर्जक तथा कलाकारलाई काठमाडौँमा आयोजित भव्य कार्यक्रमबाट अवार्ड वितरण गरिएको हो ।